प्रधानमन्त्रीले घाइते प्राध्यापकको अपमान गर्नुभयो, मेरो त बैंक खाता समेत छैन: झलनाथ खनाल

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भएकि थिइन् । उनि अहिले अस्पतालमा उपचाररत छिन् ।

खनालले भने, “सरकारले जेनजी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा गर्‍यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?”

उनले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए ।

खनालले भने, “तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु । उहाँ घाइते हुनुहुन्छ कि हुहुनुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।”

घर जल्यो, न सम्पति छ न बैंक खाता

घटनाको क्रुरताले खनाल परिवार मात्र होइन धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पती नष्ट भएको छ ।

खनालले भने, “मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पती पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ । खर्च हुन्छ । यस्तै छ मेरो अवस्था ।”

आफूसँग धेरै सम्पती नभएको बताउँदै उजले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको बताए । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *