बागलुङमा ५३२ जनालाई डेङ्गी सङ्क्रमण

No ads found for this position
No ads found for this position

बागलुङ। जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएपछि जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेको कार्यालयले जनाएको छ।

बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेको छ । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिएको छ ।

दसैँ र तिहारपछि सङ्क्रमितको सङ्ख्या बढेको कार्यालयले बताएको छ ।

सङ्क्रमितको अहिले अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *