काभा यु-१९ महिला भलिबलमा नेपाल उपविजेता
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ ।
श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो । किर्गिस्तानले नेपालमाथि २२–२५, २५–२०, २५–२१, १३–२५, १५–११ को जित निकालेको हो ।
चार टोली सहभागि प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलङ्का र माल्दिभ्सलाई हराएको थियो । यस्तै नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई पन्छाउँदै फाइनलमा पुगेको थियो ।
प्रतिक्रिया
