कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिह्न’ चिम’ रहने
No ads found for this position
No ads found for this position
काठमाडौं। पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिह्न बिजुलीको ‘चिम’ नै रहने भएको छ ।
उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी उज्यालो नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।
यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।
तत्कालको लागि कोही पदाधिकारी नहुने र उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी बनाउने निकट स्रोतले बताएको छ ।
प्रतिक्रिया


