मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई लिङ्देनको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसको विरोध गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस कार्यबाट अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

उनले राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिए। राप्रपाकी कञ्चन विच्छा सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेपछि लिङ्देनले उक्त चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लङ्घन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *