शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

No ads found for this position
No ads found for this position

काठमाडौं । शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन् ।

यूएईसँगको खेलपछि हङकङ सिक्सेसले उसको फेसबुक पेजमा शरदको बिदाइको भिडियो सार्वजनिक गरेको छ ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । नेपाल आइतबार भएको अन्तिम खेलमा यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।

शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *