चलचित्र बोर्डका अध्यक्ष भन्छन्- हिल्टन होटल पत्रकारिताकै कारण जल्यो
काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसि)ले जेनजी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन् ।
आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताए । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए ।
उनले भने- ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो होला ? हिल्टन कसरी जल्यो भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’
इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पुर्याउने उनको भनाइ छ ।
