प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट ९ जना फरार, ३ प्रहरी घाइते
विराटनगर । बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ताले हिजो (बिहीबार) ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका छन् । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएका छन् ।
विराटनगरस्थित बालसुधार गृहमा राखिएका उनिहरु जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका थिए ।
प्रहरीलाई कुटपिट गरी भागेका मध्ये एक जना आफैं सुधार गृहमा फर्किए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् ।
बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई प्रहरीलाई कुटपिट भागेका थिए ।
फरारहरु सबै १८ वर्षभन्दा माथि उमेरका रहेको र उनिहरुको खोजी भइरहेको प्रहरी जनाएको छ।
बाल सुधार गृहको सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र त्यहाँ २७–२८ वर्षसम्मका बिझ्याइँकर्ताहरुलाई पनि राख्नु पर्दा पटक-पटक सुरक्षा चुनौती आउने गरेको छ ।
