अन्धो र निरंकुश बन्दै गएको दलालहरूको सत्ता र संसद्लाई जेनजीले खरानी बनाइदिए: विप्लव
आन्दोलनमा बलिदान गर्नेहरूले कहिल्यै नबिर्सने गुण लगाएर गए
काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अन्धो, बहिरो, निरंकुश र मुर्ख बन्दै गएको राज्यसत्तालाई जेनजी आन्दोलनले खरानी बनाइदिएको बताएका छन् ।
नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेनजी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाइदिएको बताएका हुन्। उनले सर्वपक्षीय अन्तरिम सरकारको माग समेत गरे ।
विप्लव भने, ‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो। बहिरो थियो। निरंकुश थियो। मुर्ख बन्दै गएको थियो। जनताविरुद्ध तानाशाही बन्दै गएको थियो । जेनजीले आफ्नो रगत र बलिदान दिएर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारि खरानी बनाइदिए।’
विप्लव काठमाडौंको सडकमा नवयुवाको रगत अझै आलै रहेको बताए।
