नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

No ads found for this position
No ads found for this position

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई)लाई २४० रनको विजयी लक्ष्य दिएको छ।

दुबईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि युएईलाई २४० रनको लक्ष्य दिएको हो ।

आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । यस्तै कुशल मल्लले ४५ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाए ।

बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई-दुई तथा जाहिद अलले एक विकेट लिए ।

तस्बिरः क्यान ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *