हिमपहिरो परी तीनको मृत्यु आठ जना बेपत्ता

No ads found for this position
No ads found for this position

चरीकोट । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परि तीन जना पर्यटकको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्।

पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। घाइते र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

घाइते भएका पर्यटकमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स छन्।

तस्बिर : सौजन्य ङिमगेली शेर्पा



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *