भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक रहेको बताएका छन् ।

भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीको युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनले देशमा युवा नेतृत्व खोजेकोले बेलैमा मतदाता सूचीमा नाम दर्ता गर्नु पहिलो कदम हुने उल्लेख गरेका छन् ।

उनले देश विदेशमा रहेको सबैलाई नियमअनुसार समयमै नाम दर्ता गर्न आग्रह गर्दै राजनीतिमा उही पुरानै चक्र दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

भट्टराईले सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै १६ वर्ष गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

उनले पुरानै ढर्राको निर्वाचन कानूनबाट अघि बढ्ने हो भने पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको बिहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुने बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *