प्रधानमन्त्रीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् ।

उनले अहिलेको परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद र सहकार्य थप सघन बनाउन आज अपराह्न ४ बजे आह्वान गरेकी हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बोलाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *