चितवनमा बस ट्रकमा ठोक्कियो, ३३ जना घाइते
No ads found for this position
No ads found for this position
चितवन। भरतपुरको टिकौली जङ्गलमा आज बिहान बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।
गौरबाट काठमाडौंतर्फ गइरहेको बा. प्र.०३०० ख ०१२३ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटना भएको हो । घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
बस पार्किङ गरिराखेको ना. ६ ख. ८१३ नम्बरको ट्रकमा ठोक्किएर सडकमा पल्टिएको थियो ।
बस जनकपुरबाट आउँदै गरेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको यात्रु बसमा समेत ठोक्किएको थियो ।
तस्बिरः सशस्त्र प्रहरी
प्रतिक्रिया


