विश्वकप लिग-२ : नेपालले आज यूएईसँग खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले बिहीबार घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

यो खेल नेपाली सयमअनुसार आज बिहान ११:१५ बजे यूएईमा हुनेछ।

लिग–२ अन्तर्गत यूएईमा भइरहेको यो शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। यसअघि अमेरिकाले शृङ्खलाको पहिलो खेलमा नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *