बालुवाटारमा सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । आज सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दै छ ।

भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकि छिन्। उनकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुने छ।

प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गरेकि थिइन्। उक्त बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *