किष्ट अस्पतालमा आज पनि तोडफोड, प्रहरीसँग घम्साघम्सी

No ads found for this position
No ads found for this position

काठमाडौं । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा आज पनि तोडफोड छ ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन्।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ।

आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका छन्। प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या परेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *