अनेक काण्ड बाहिर आउन थालेपछि खगेन्द्रसँगै गणपतिलालको पनि शपथ नहुने
काठमाडौं । अन्तरिम सरकारको श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारका अनेक काण्ड बाहिर आउन थालेपछि उनको शपथग्रहण नहुने भएको छ । सुनारको नाम प्रधानमन्त्रीको स्वकीय सचिव आदर्श श्रेष्ठले हटाउनकोलागि राष्ट्रपति कार्यलय पुगेको स्रोतले बताएको छ ।
यस्तै भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवाद बाहिर आउन थालेपछि शपथ नहुने भएको भएको छ ।
खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको, विभिन्न ठगी,साइबर अपराध,यौन दुर्व्यवहार भेटिएले उनको नाम हटाइएको हो ।
सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएको छ ।
दैलेखको नारायण नगरपालिका-२ भैसेखोर घर भएका सुनार स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेको कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिन्छन् ।
यस्तै सुनार विरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा समेत परेको पाइएको छ । उनि विरुद्ध गत वैशाख २१ गते अधिवक्ता मनिषा गौतमले हालेको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितन्डा मच्चाउँदै अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गरेका थिए । साथै उनले न्यायाधीशहरूविरुद्ध पनि धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपश्चात गौतमले मानहानीको मुद्दा हालेकी हुन् ।


