यो सरकार सबै राजनीतिक दलको हो: मन्त्री खरेल

No ads found for this position
No ads found for this position

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन्।

मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिँदै उनले यस्तो बताउएका हुन्।

उनले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताए ।

उनले भने, ‘नेपाल सरकार जे जति राज्यका संयन्त्रहरु छन् । ति संयन्त्रहरुमार्फत विधिसम्मत, कानूनसम्मत ढंगले व्यवहारिक ढंगले जे जसरी अघि बढ्नुपर्छ त्यसमा अघि बढ्छ । यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने एउटा महत्वपूर्ण प्राथमिकता हो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ । विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन । विधिसम्मत ढंगले जे गर्नुपर्छ हामी गर्छौं । यो सरकार जेनजी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो ।’

मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *