राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्।

आसन्न निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भइ आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको अवस्थामा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलो पटक संवाद हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार छलफलमा अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरू छलफलमा सहभागी हुने जनाइएको छ ।

अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट दिइएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार राजनीतिक दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म तोकेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *