राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ : पूर्वराजा ज्ञानेन्द्र

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेकाले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै दसैं मनाउन लागिएको जानकारी दिएका हुन्।

उनले यस वर्षको दसैंमा शुभेच्छुकहरुलाई टीका र जमरा नलगाउने बताएका छन्।

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी वाध्य भएका छौँ,’ उनको सन्देशमा भनिएको छ, ‘हाम्रो आम शुभेच्छु नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट वृहत्तर रुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौँ।’

उनले एक सन्देश मार्फत भनेका छन्- पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुत्ताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्थित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड हो।

उनको सन्देशमा भनिएको छ, ‘यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमान राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भर वा भूराजनीतिक चक्रब्युहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ।’

उनले सबै देशवासीको आशा, आकांक्षा र अभिलाषा नै उत्तरोत्तर विकास भएको बताएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *