मापदण्ड बिनाको माउन्टेन गाइड उत्पादनले आरोहणमा चुनौती थपिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । मापदण्ड बिनाको माउन्टेन गाइड उत्पादनले आरोहणमा चुनौती तपिँदै गएको भन्दै नेपाल नेस्नल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए) ले चिन्ता व्यक्त गरेको छ ।

यसै साता सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम नाम दिएर आयोजना भएको तालिमका क्रममा प्रशिक्षक र प्रशिक्षार्थी गरी तीन जना दुर्घटनामा परी घाइते भएका छन् । पाठ्यक्रम, दक्ष प्रशिक्षक र मापदण्ड विना नै आयोजना गरिएको तालिममा डोरी र आरोहण सामाग्रीहरूको सही सदुपयोग गर्न नसकेका कारण दुर्घटना भएको थियो ।

इन्टरनेस्नल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसन (आइएफएमजिए) ले तोकेको पाठ्यक्रमलाई बेवास्ता गरी आफूखुसी तालिमको आयोजना गरेकाले माउन्टेन गाइडमा नकारात्मक असर पारेको एनएनएमजिएका अध्यक्ष तुलसी गुरुङले बताए । यस्ता अवैध र गलत गतिविधिलाई तत्काल रोकेर मान्यता प्राप्त व्यावसायिक तालिम आयोजना गर्न र आरोहणलाई सुरक्षित बनाउन उनको माग छ । यस्ता कार्यले पर्वतीय पर्यटन क्षेत्रमा नकारात्मक सन्देश पुग्दा विदेशी आरोहीहरूमा गाइड प्रतिको विश्वास गुम्दै गएको र नेपालको पर्वतीय पर्यटन क्षेत्र असर पुग्दै गएको उनको भनाई छ ।

हाल विश्वभर इन्टरनेस्नल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसन (आइएफएमजिए) ले तोकेको पाठ्यक्रमबाट माउन्टेन गाइड उत्पादन गरिँदै आएको छ । यो संस्था सन् १९६५ मा स्थापना भएको हो भने सन् २०१२ देखि नेपालले समेत यस संस्थाको सदस्य बनेर सोही मापदण्ड अनुसार गाइड उत्पादन गर्दै आएको छ ।

नेपालको तर्फबाट भने नेपाल नेस्नल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए) ले प्रतिनिधित्व गर्दै आएको छ । यस संस्थाले हिमाल आरोहण गर्ने तरिका मात्र नभएर लक्ष जनशक्ति (गाइड) उत्पादन, हिमाल आरोहणका क्रममा आवश्यक पर्ने नयाँ नयाँ सामाग्रीहरूको उत्पादन र गुणस्तर मापन गर्दै आएको छ ।

मृत क्षेत्रको रूपमा घोषणा गरिएको हिमाल आरोहणलाई सुरक्षित बनाउने र ओराल्ने दायित्व माउन्टेन गाइड हो । आरोहणको अवधिभर आरोहीको जीवनलाई सुरक्षा दिनु पर्ने भएकाले गाइड उत्पादनमा खेलाँची गर्नु नहुने आरोहीहरूको भनाई छ । तालिम प्राप्त अनुभवी माउन्टेन गाइड भए मात्र सुरक्षित आरोहण हुने र मृत्यु हुनेको सङ्ख्या कम हुँदै जाने भएकाले यसमा राज्यको तर्फबाट समेत नियमन बढाउनु पर्ने आरोही लाक्पा शेर्पा बताउनुहुन्छ । हाल नेपाल सहित विश्वका २६ वटा देशहरूको पर्वतारोहीबाट गठित सङ्गठनले पाठ्यक्रम तयारी गरी तोकिएको मापदण्ड पुरा गरेर उर्तिण भएपछि माउन्टेन गाइड लाइसेन्स दिँदै आएको छ । उक्त लाइसेन्स नै संसारभरका हिमाल आरोहणका लागि मान्य हुने गरेको छ ।

तर पछिल्लो समय नेपालमा प्रोफेसनल माउन्टेन गाइड तालिम भन्दै जथाभाबी भ्रमित रूपमा तालिम आयोजना हुनु दुखद भएको शेर्पाको भनाई छ । अग्ला हिमाल मध्ये ८ वटा हिमाल नेपालमै रहेकाले प्रत्येक वर्ष ६० भन्दा बढी देशका एक हजारको हाराहारीमा आरोहीहरू नेपाल आउने गरेका तथ्याङ्क छ । तर सुरक्षित आरोहणमा चुनौती हुन थालेकाले दक्ष माउन्टेन गाइड तालिम र गाइडको सङ्ख्यालाई वृद्धि गर्नु पर्ने पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा बताउँछन्। बर्सेनि हिमालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो रहेको तथ्याङ्कले गर्दा आरोहणलाई सुरक्षित बनाएर लानुको विकल्प छैन त्यसका लागि पाठ्यक्रम र मापदण्ड भित्र रहेर गाइड तालिमहरूमा ध्यान दिनु जरुरी रहेको उनको भनाई छ । पर्वतारोहण क्षेत्रको प्रवर्द्धन गर्ने संस्थाहरूले यसरी जथाभाबी काम गर्नुले नेपालको पर्यटन क्षेत्र सुधार नहुनुको परिणाम भएको व्यवसायीहरूको भनाई छ ।

अनुभव र दक्षताको अभाव हुँदा सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल क्षेत्रमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्या ह्युल हिमाल ९भभया चुचुरो० मा प्रोफेसनल माउन्टेन गाइड तालिम सञ्चालनका क्रममा प्रशिक्षक सञ्जीव गुरुङ, ङवाङ तेन्जिङ शेर्पा लगायत तीन जना घाइते भएका थिए । १५ जना सहभागी रहेको यो तालिम पाठ्यक्रम र दक्ष प्रशिक्षक विना नै आयोजना गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घ, युएनडिपी र स्थानीय अपि हिमाल गाउँपालिकाले आर्थिक सहयोग गरेको तालिमको प्रतिफल शून्य भएको र कुनै पनि मान्यता नपाउने नेपाल नेस्नल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए) का अध्यक्ष तुलसी गुरुङले जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरबाटै एकरूपताका साथ पर्वतारोहणलाई सुरक्षित बनाउने लक्ष्यले काम गर्दै आएको इन्टरनेस्नल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसन (आइएफएमजिए) का अध्यक्ष युर्स वेलेयुरले  गलत नियतले आयोजना गरिएको माउन्टेन गाइड तालिममा नेपाल माउन्टेनेरिङ एसोसिएसन, स्थानीय सरकार र युएनडिपीले समेत सहयोग गर्नुले नेपालको पर्वतारोहण क्षेत्रलाई नोक्सान हुने भन्दै यस्तो नगर्न अनुरोध गरेको छ । गाइड उत्पादनमा एकरूपता नभए हिमाल आरोहण सुरक्षित नहुने र विश्वले मानेको पाठ्यक्रम नेपाल सरकारले लागु गर्न कन्जुस्याइँ गर्न नहुने उनको सुझाव छ ।

आइएफएमजिएमा नेपाल सहित हिमाल भएका विश्वका २५ वटा देश आबद्ध रहेका छन् । यसका सदस्य राष्ट्रहरूमा  अर्जेन्टिना, अस्ट्रिया, बोलिभिया, क्यानडा, चिली, चेकरिपव्लिक, क्युअडोर, फ्रान्स, जर्जिया, जर्मनी, इटाली, जापान, काजकिस्तान, न्यु जिल्यान्ड, नर्वे, पेरु, पोल्यान्ड, स्लो भाकिया, स्लोभानिया, स्पेन, स्विडेन, स्वीजरल्याण्ड, बेलायत, अमेरिका, पूर्वी युरोप माउन्टेन गाइड एसोसिएसन आबद्ध छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *