नेपाली खेलाडीले पाए यूएईको भिसा

No ads found for this position
No ads found for this position
काठमाडौं । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो।
नेपाली क्रिकेट टीम भोलिनै युएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ ।
नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो ।
प्रतिक्रिया