संसद् विघटन नगरी समस्याको समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरीक्षण गरेका छन्।
बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन्।
सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे।
निरीक्षणपछि सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए। सभामुख घिमिरेले संसद विघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए।
उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सबै समस्याको समाधान गर्नेगरि अघि बढनुपर्ने सुझाव दिए।
जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी हुँदा पूर्णरुपमा जलेको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।