साफ यू-१७ च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग भिड्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रीलङ्कामा जारी साफ यू१७ च्याम्पियनसिप २०२५ अन्तरगत नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा साँझ ७:१५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । समूह ‘ए’ पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २० गोलले हराएर उत्साहित देखिएको नेपालले बङ्गलादेशलाई हराउन सके समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बङ्गलादेशको यो पहिलो खेल हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा दुवै गोल समीर कुमारले गरेका थिए ।

सातै देश सहभागी च्याम्पियनसिपको समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *