पूर्वमन्त्री सुमना श्रेष्ठले छाडिन रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गरेकि छिन्।
उनले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषणा गरेकि हुन् ।
उनले भनिन्- ‘अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मन लाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।’
पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गरेको उनको आरोप छ ।
उनले भनिन्- ‘ जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।’