यो सरकारले आम नागरिकको बिश्वास जितोस् : डा. कोइराला

No ads found for this position
No ads found for this position

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारले जेनजी आन्दोलनको युवा उर्जा र चेतनाबाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा बिश्वस्त रहेको बताएका हुन् ।

उनले आफूले २३ गते नै जेनजी आन्दोलनमा सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेकाले यो आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समीक्षा नगर्ने बताए ।

तर २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न नसक्ने उनको भनाइ छ ।

आन्दोलनको नाममा लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको हातपात र लुटपाटलाई जघन्य अपराधारको कोटीमा राखेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘हिजो कांग्रेस कहाँ चुक्यो? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’

उनले अब आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नभएको बताउँदै नेपालीले अपेक्षा गरे अनुरुप खरो रुपमा उत्रिन प्रायश्चित गर्न पछि नपर्न सुझाव समेत दिए । युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा रहेकाले कांग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना रहेको उनको दाबी छ । अबका भावी ध्येय यसैमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *