‘जनताको पसल जल्दा, अपराधी भाग्दा र सिंहदरबार भत्किँदा पनि प्रचण्डका मान्छे किन सुरक्षित?’

पसल लुटिए, सिंहदरबारदेखि सर्वोच्चसम्म जलाइयो, १५ सय अपराधी जेलबाट भागे तर प्रचण्ड र उनका मान्छे मात्र अछुतो। के यो संयोग हो कि एउटा ‘ग्राण्ड डिजाइन’ ?

No ads found for this position
No ads found for this position

हिजो देशले भयावह दृश्य देख्यो।

सिंहदरबार जल्यो।

मालपोत कार्यालय जल्यो।

सर्वोच्च अदालत जल्यो।

अख्तियार  जले ।

पुलिस स्टेसन समेत जलयों ।

प्रश्न उठ्छ- यी भवनहरू मात्र किन निशाना बने?

भ्रष्टाचारी त भागे।

आफ्नो अपराध लुकाउने कागजहरू समेत जलाएर भागे।

के यो आकस्मिक घटना थियो?

कि सुरुदेखि तयार पारिएको एक “ग्राण्ड डिजाइन” ?

सडकमा सर्वसाधारणको पसल लुटियो, घर तोडियो, व्यवसाय ध्वस्त भयो। प्रहरी समेत मारिए, लखेटिए, अपमानित भए। तर प्रहरी पनि त नेपाली जनता नै हुन्। अन्ततः को मर्‍यो ?
नेपाली नै मर्‍यो।

तर अचम्म के भयो भने- अरू नेताहरूको घरमा भीड पुग्यो, कार्यकर्तामाथि प्रहार भयो, तर प्रचण्डका मान्छे र परिवार भने सुरक्षित रहे।

अरू सबैलाई लक्ष्य बनाइँदा प्रचण्डका घर र मान्छे मात्र किन बाँचे?
यो संयोग हो कि योजनाबद्ध सुरक्षा ?

त्यसमाथि, रवि लामिछाने मात्र होइन, नक्खु जेलबाट १५ सय भन्दा बढी अपराधी भागेर खुला सडकमा हिँडिरहेका छन्। यो न्याय होइन, यो त जनताको सुरक्षामाथिको सिधा हमला हो।

१७ हजार भन्दा बढीले बलिदान दिएको आन्दोलनको नाममा ल्याइएको परिवर्तन आज ध्वस्त छ। जनता मरे, प्रहरी मरे, पसल जले, राज्यका भवन जले।, तर प्रचण्ड मात्र सुरक्षित।

अब प्रश्न जनताले सोधिरहेका छन्-

यी सबै हिंसा र अराजकताबाट लाभ कसले लियो?

के यो सब योजनाबद्ध ग्राण्ड डिजाइन हो?

प्रचण्ड देशमै छन् कि सङ्कट पारी देश बेची  विदेशको छायामा लुकेका छन्?

यो अब व्यक्तिगत प्रश्न होइन,

यो प्रश्न आज हरेक नेपालीको हो।

– एक असन्तुष्ट नागरिक

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *