काठमाडौंको चक्रपथभित्र आज बिहान साढे ८ देखि अनिश्चितकालीन कर्फ्यू जारी

No ads found for this position
No ads found for this position
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू आदेश जारी गरिएको हो ।
सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।
प्रतिक्रिया