पीपीएमओ ह्याक प्रकरण : ठेक्का विवरणमा चलखेल गर्ने ८ जना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच पुर्याई बोलपत्र तथा ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ का ४० वर्षीय भक्त लामा, सिन्धुलीको दुधौली नगरपालिका–२ का ३४ वर्षीय ऋतुबहादुर कार्की, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८, बोडेका ४६ वर्षीय नारायणप्रसाद सितिखु र भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का ३० वर्षीय स्वदेश पोख्रेल रहेका छन्।
त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–२ का ४० वर्षीय विष्णुमान लामा, गुल्मीको सत्यवती गाउँपालिका–५ का ४१ वर्षीय ध्रुव खनाल, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८, बोडेका ५९ वर्षीय गंगाबहादुर सिलवाल र दाङको शान्तिनगर गाउँपालिका–३, पवनगरका ६५ वर्षीय किरण मल्ललाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले पीपीएमओको ई–बिडिङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याई आर्थिक प्रस्ताव तथा बोलपत्रसम्बन्धी विवरणमा हेरफेर गर्ने गरेको आरोप छ।
ह्याकरहरूले प्रणालीमा पहुँच बनाएर आफूअनुकूल कागजात तथा आर्थिक प्रस्ताव मिलाउने र त्यसबाट ठेक्का प्रक्रियालाई आफूअनुकूल बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको जनाएको छ।
यस घटनाबारे सीआईबीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो पनि पढ्नुस्-
पीपीएमओमा विश्वसनीयता अझै गुम्दै, ज्याङ्सीलाई ह्याक गर्ने प्रयास






Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्