कांग्रेसको १५ औं महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष भोलि सर्वोच्च जाने

No ads found for this position
No ads found for this position

काठमाडौं । शेरबहादुर देउवा समूहको नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै भोलि सर्वोच्च जाने भएको छ ।

डा. शशांक कोइराला निवासमा बसेको शीर्ष नेताहरूको बैठकले भोलि सर्वोच्च जाने निर्णय गरेको हो । बैठकमा सहभागि एक नेताका अनुसार भोलि अदालत जाने गरी कानून व्यवसायीले तयारी भएको बताए ।

उनले शीर्ष नेताहरूको समन्वयमा भोलि मुद्दा दर्ता गरिने बताए। भोलीसर्वोच्चमा पूर्वसभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बेग्लाबेग्लै निवेदन दर्ता हुने उनले बताए।

देउवा समूहले गगन थापा नेतृत्वका कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, संस्थापन पक्षले भने असोजमा महाधिवेशन कार्यतालिका ल्याइसकेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *