‘एमाले बिनाको देश दिवा स्वप्नामा परिणत गर्नुपर्छ, आन्दोलन गर्न तयार रहनू’

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।

ओलीले भने-‘देश अहिले क्रिटिकल अवस्थामा छ । यसलाई हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’

ओलीले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाए । सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यस्तै उनले सरकार फाँसीवादतर्फ अघि बढेको बताए । उनले सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको बताए । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

ओलीले भने- ‘हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन । अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’

ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्