बौद्धको भाटभटेनी बुधवार देखि पुनः सञ्चालनमा आउने
काठमाडौं । काठमाण्डौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधवार देखी पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ ।
यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक वर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।
भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको थियो। आन्दोलन क्रममा भाटभटेनीमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका थिए।


