लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा
No ads found for this position
No ads found for this position
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदबाट नेकपा एमालेका मन्त्रीहरुले बुधबार राजीनामा दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष उनिहरुले सामूहिक रूपमा राजिनामा बुझाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ५ मन्त्री रहेका थिए । तीमध्ये ४ जनाले राजीनामा दिएका हुन् ।
राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।
प्रतिक्रिया


