इरान युद्धबाट पछि हट्दै अमेरिका, शान्ति सम्झौको तयारी

No ads found for this position
No ads found for this position

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता तय भइसकेको बताएका छन् । सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् ।

ट्रम्पले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा उनले बताए ।

ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ । तर ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् ।

अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *