४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक पक्राउ, २ जना नियन्त्रणमा

No ads found for this position
No ads found for this position

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८:४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको ट्रक रोकेको जनाएको छ ।

प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिइएको छ।बरामद गरिएको सामान तथा ट्रकको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *