सांसदहरूलाई रविले भने- क्यामरा देख्नसाथ जोसले बोल्ने र भाइरल हुने दैड छाडिदिनु

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् । आज पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सांसदहरूलाई अब भाइरलको दुनियाँबाट बाहिर निस्कि

उनले भने, ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को-चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’

उनले लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलाग्न आग्रह गरे ।

लामिछानेले भने, ‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको होइन । आफ्नो कभरेज राम्रो होस भन्ने स्वभाविकरुपमा आशा र अपेक्षा रहन्छ । तर हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *