इजरायली सेनाको आक्रमणबाट लेबनानमा १ सय २० भन्दा बढीको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय लेबनानका विभिन्न ठाउँमा इजरायली सेनाको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति समेत भएको छ।
इजरायली सेनाले आफूहरूले हिजबुल्लाहको सैन्य संरचनालाई मात्र निशाना बनाएको र सर्वसाधारणको क्षति कम गर्न ‘प्रिसिजन’ हतियार प्रयोग गरेको दाबी गरेको छ। तर, अधिकारवादी संस्थाहरूले इजरायली सेनाले गाजाकै शैलीमा लेबनानी गाउँहरू पूर्ण रूपमा ध्वस्त पारेको भन्दै यस्ता कार्य ‘युद्ध अपराध’ हुन सक्ने बताएका छन्।
हिजबुल्लाहले पनि इजरायली आक्रमणको प्रतिवाद गर्दै उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा तीन इजरायली सैनिक घाइते छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १ सातामा मात्र इजरायली आक्रमणबाट १ सय २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।


