गृहमन्त्री तातोपानी जाँदाको भिडियो काण्ड सुरक्षित छ: महेश बस्नेत 

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल राजीनामा दिएर छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए तर अनुसन्धान गर्दै जाँदा उनीहरूसँग सम्बन्धित कसैको कनेक्सन नभेटिएको बताएका छन् ।

उनले भनेका छन्- ‘दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य विज्ञान राज शर्मा को नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ। दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ।’

यस्तै उनले गृहमन्त्री राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी दाँजातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताएका छन् । उनले गृहमन्त्री कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो पद बताएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *