संसदीय सुनुवाइ समितिसहित २ समितिमा ६ सांसद मनोनीत
No ads found for this position
No ads found for this position
काठमाडौं। । प्रतिनिधिसभा अन्तर्गतको दुई समितिहरु संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा ६ सांसदहरु मनोनीत गरिएको छ।
मनोनीत हुनेहरुमा संसदीय सुनुवाइ समितिमा आनन्द प्रसाद ढुंगाना, नर बहादुर विष्ट र प्रेम प्रसाद दंगाल रहेका छन्। यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा किरण बाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र अन्जान शाक्य मनोनीत भएका छन्।
संसद्को संयुक्त बैठक र संयुत्तः समितिको नियमावली २०८० को नियम २५ को उपनियम (२) र नियम २८ को उपनियम (२) बमोजिम २७ गतेको संसद् बैठकबाट ती सांसदहरुलाई मनोनीत गरिएको हो।
प्रतिक्रिया


