१३ दिनपछि छुटे ओली, प्रहरीले आफन्तको जिम्मा लगायो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।

ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यलाई जिम्मा लगाइएको हो ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो ।

सर्वोच्च अदालतले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *