जनतासँग लसुन छैन, नेतासँग सुन नै सुन, स्रोतबिनाको सम्पत्ति भ्रष्टाचार नै हो : हर्क साम्पाङ

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण प्रति व्यङ्ग्य गरेका छन् । उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको सुनको विषयलाई लिएर गरिब जनता सङ्ग तरकारीमा लाउने लसुन छैन तर नेताहरू सङ्ग सुन नै सुन भनी व्यङ्ग्य गरेका छन् ।

उनले फेसबुकमा भनेका छन्- ‘गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन ! नेताहसँग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ? न खान मिल्ने !’

यस्तै उनले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा स्रोतबिनाको सम्पत्ति घुमाई फिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् ।

साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रस्ट नभएको बताएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *