उपसभामुखको निर्वाचन २७ गते हुने
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका मिति तोकेका हुन्।
अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन्। सो अवसरमा उनले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।
प्रतिक्रिया


