लोकप्रिय बन्दै र्‍यापर रुथलेसको ‘नखोज मेरो फाइदा तिमी’

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं। नयाँ कलाकारहरूलाई प्लेटफर्म प्रदान गर्दै आएको ‘सुपरस्टार इन्टरटेन्टमेन्टले चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फाइदा तिमी” गीतको भिडियो सार्वजनिक गरेको हो।
सन् २०१४ देखि मिक्सिङ, मास्टरिङ हुदै चर्चित र्यापर भीटेनको लोकप्रिय एल्बम देखि अहिलेका अर्का चर्चित र्यापर याबी द गोटको धेरै गीतहरुको साथमा नेपाली फिल्म धुलोमाण्डूको गीतहरुको समेत म्युजिक प्रोडक्सन गरिसकेका रुथलेसलेको स्वरमा रहेको गीतलाई धेरै युवाहरुले मन पराउने छन् भने गीतको भिडियोमा मोडेल मानुषी गिरीको साथमा निर्देशक विधान आफै फिचर्ड छन । विधान प्रधानले निर्देशन गरेको भिडियोमा युवापुस्तालाई मध्यनजर गरि अत्याधुनिक प्रबिधि र लोकेसनको छनोट गरिएको छ
करिब १५ बर्षअघिबाट गीत संगीत र भिडियो निर्माणमा लोकप्रियता छाएको सुपरस्टार इन्टरटेन्टमेन्टले यस गीतको मार्केटिङ तथा ब्रान्डिङमा सहकार्य गरेको छ। नयाँ पुस्ताका श्रोतामाझ लोकप्रिय बन्दै गएको यो गीतले नेपाली संगीत क्षेत्रमा थप योगदान दिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्