रविलाई नायक मान्दै जगदीश भने- संसदभित्र पुराना पातहरू हट्दै गए, नयाँ पलाउँदै छन्

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटि सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए ।

उनले भने, ‘जुन जेनजी सम्झौता गरिएको छ १० बुँदे त्यो सम्झौताको अक्षर सहित पालना गरिओस् । सुशीला कार्की सरकार नेतृत्वले जेनजी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन ।’

साथै उनले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनमाथि पनि धारणा व्यक्त गर्दै संसदभित्र अब पुराना पातहरू हट्दै गएको बताए । उनले पुराना दल र पार्टीलाई पुराना पातको रूपमा लिए । उनले संसद्मा नयाँ पालुवाहरू पलाउँदै गर्दा आज राजनीतिको परिभाषा परिवर्तन भएको बताए ।

उनले भने, ‘संसदभित्र अब पुराना पातहरू हट्दै गएका छन् । नयाँ पालुवाहरू पलाउँदै आएका छन् । वसन्तको बहार भएको देखिन्छ । आज यो वसन्तको बहार भैइराख्दाखेरि यी युवा अनुहार भनेको अब यी पालुवा पलाउने छन्, फुल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भनेर विश्वास गर्न सकिन्छ । आज राजनीतिक पोलटिकल प्याराडाइम सिफ्ट भएको छ, आज राजनीतिको परिभाषा परिवर्तन भएको छ, नेतृत्वको परिभाषा परिवर्तन भएको छ ।’

साथै उनले राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा रवि लामिछाने मात्र जन्मेको बताए ।

उनले भने, ‘यो परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा यतिखेर रवि लामिछाने जन्मेको छ । जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ, अब पोलिटिकल डिसकोर्ड त्यो बाटोमा अगाडि बढ्दै छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *