प्रधानमन्त्रीले विभिन्न मुलुकका राजदूतसँग सामूहिक भेट गर्दै
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री वालेन शाहसँग विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट वार्ता गर्ने भएका छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।
परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई संक्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- ‘प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल !’
प्रतिक्रिया


