युएईमा मिसाइल टुक्रा खस्दा ७ नेपाली सहित १२ घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेषले लागेर ७ जना नेपाली घाइते भएका छन्।

घटना वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा टुक्रा जमिनमा खसेर भएको हो ।

उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा ७ जना नेपाली र ५ जना भारतीय रहेका छन्। घाइते नेपालीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

घटनापछि प्रभावित क्षेत्रमा आपतकालीन सेवा तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *