राष्ट्रिय सभाको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजेबाट सिंहदरबारमा शुरु हुनेछ । बैठकमा सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशिला कार्कीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले देहाय बमोजिमका प्रतिवेदनहरु सभा समक्ष पेस गर्नुहुने, संघीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्धः अध्ययन प्रतिवेदन, २०८२, बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२ पेश गर्नुहुनेछ कार्यसूचि छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
अध्यक्षले राष्ट्रपतिबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचि रहेको छ ।


