६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाताले ६ प्रकारका परिचय खुल्ने माध्यमबाट भोट हाल्न पाउने भएका छन् ।

भोट हाल्नका लागि अनिवार्य रुपमा मतदाता परिचय पत्र आवश्यक भए पनि यदि केहि कारणले परिचय पत्र प्राप्त नभएमा अन्य विकल्प प्रयोग गर्न सकिने निर्वाचन आयोगले जनाएको हो ।

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने भएको हो। मत हाल्नका अनिवार्य रुपमा मतदाता नामावलीमा नाम भने भएकाे हुनुपर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *