काेशी प्रदेशका मुख्यमन्त्री कार्कीलाइ आयाेगले सोध्यो स्पष्टीकरण, ३ दिन भित्र लिखित जबाफ माग
No ads found for this position
No ads found for this position
विराटनगर । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग स्पष्टीकरण मागेको छ।
झापा निर्वाचन क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्तामा सहभागी भएको आरोपमा आयोगले मुख्यमन्त्री कार्कीसँग ३ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
आयोगका अनुसार प्रदेश सरकारका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा सहभागी हुनु निर्वाचन आचारसंहिता, २०८२ को दफा ५९ (क) विपरीत पर्न जान्छ।

प्रतिक्रिया



